| सेवा सुविधाको नाम | आवश्यक पर्ने कागजातहरु | समय र दस्तुर |
|---|
| व्यवसाय दर्ता | १)ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३)विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासले लेखेको निजकोे परिचय खुल्ने सिफारिश पत्र। ४) २ प्रति फोटो। ५) घर बहाल सम्झौता पत्र। ६)आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद। ७)स्थानीय तहको नाममा दर्ता नगरी स्थायी लेखा नम्बर (PAN) नम्बर वा अन्य निकायमा दर्ता गरी व्यवसाय गरेकोे हकमा स्थायी लेखा नम्बर (PAN) दर्ता वा अन्य निकायबाट जारी गरेकोे व्यवसाय प्रमाण–पत्रको प्रतिलिपि। ८) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ९) वडा कार्यालयकोे सिफारिश र दस्तुर तिरेको सक्कलै रसिद। |
लाग्ने शुल्क लगानी पुँजीको आधारमा (गाउँ सभाको निर्णय अनुसार) लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र |
| व्यवसाय नवीकरण | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३) दर्ता प्रमाण–पत्रको सक्कल र प्रतिलिपि। ४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ७) वडा कार्यालयकोे सिफारिश र दस्तुर तिरेको सक्कलै रसिद। |
लाग्ने शुल्क लगानी पुँजीको आधारमा (गाउँ सभाको निर्णय अनुसार) लाग्ने समय सोही दिन |
| व्यवसाय नामसारी | १) ब्यहोरा खुलेकोे संयूक्त निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३) दर्ता प्रमाण–पत्रको सक्कल र प्रतिलिपि। ४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५) व्यवसाय मञ्जुरीनामा सक्कलै । ६) वडा कार्यालयकोे सिफारिश र दस्तुर तिरेको सक्कलै रसिद। |
लाग्ने शुल्क 1000 लाग्ने समय सोही दिन |
| व्यवसाय बन्द | १) ब्यहोरा खुलेकोे निवेदन। २) दर्ता प्रमाण–पत्रको सक्कल र प्रतिलिपि। ३) चालु आ.ब. सम्म व्यवसाय नविकरण गरी दस्तुर तिरेको रसिद । ३) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ६) वडा कार्यालयकोे सिफारिश र दस्तुर तिरेको सक्कलै रसिद। |
लाग्ने शुल्क 1000 लाग्ने समय सोही दिन |
| योजना सम्झौता | १) ब्यहोरा खुलेकोे निवेदन। २) निर्वाचित पदाधिारीको उपस्थितिमा सरोकारवाला समूदाय भेला भइ उपभोक्ता समिति र अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि। ३)सम्झौता एबं खाता संचालन लगायतका अन्य आबश्यक निर्णयको प्रतिलिपि। ४)उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाण–पत्रकोे प्रतिलिपि। ५) विनियोजित बजेट र योजनाकोे प्रतिलिपि संलग्न। ६) प्राविधिक लागत अनुमान वा विषय खुलेको प्रस्तावना। ७) सम्बन्धित वडा कार्यालयकोे सिफारिश र दस्तुर तिरेको सक्कलै रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन |
| योजनाकोे रकम भुक्तानी तथा फरफारक | १) ब्यहोरा खुलेकोे निवेदन। २) निर्माण सामाग्री खरिद गरेको भए रु. २०००० सम्म PAN विल र सो भन्दा बढि भएमा VAT विल । ३) भारी उपकरण प्रयोगकोे VAT विल। ४) खर्च अनुसार विभिन्न विल भरपाईहरु। ५) योजना स्थलका (काम सुरु हुनु भन्दा अगाडिको, काम भइरहेको अबस्थाको र कार्य सम्पन्न भएको) विभिन्न फोटोहरु। ६)भारीउपकरण गाउँपालिकामा सूचिकृत भएकोे पत्र। ७)उपभोक्ता समितिकोे कार्य सम्पन्न निर्णयको प्रतिलिपि। ८)सू्परिवेक्षण तथा अनुगमन समितिकोे निर्णय एबं सिफारिशको प्रतिलिपि। ९) सार्वजनिक लेखा परीक्षण। १०) तोकिएको ढाँचामा योजना सुचना पाटीकोे फोटो। ११) प्राविधिककोे कार्य सम्पन्न मूल्यांकन एबं प्रतिवेदन। १२)निर्माण समाग्री ढुवानी भएमा सवारी साधानको बिलबुक र सवारी चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रतिलिपि। १३)प्रमाणित डोर हाजिरी फाराम। १४)पेश भए बमोजिम कार्य सम्पन्न भएको भनि उपभोक्ता समितिको अध्यक्षद्धारा घोषित स्वःघोषणा पत्र। १५) कार्य सम्पन्न भएकोले भूक्तानीको लागि सम्बन्धित वडा कार्यालयकोे सिफारिश र दस्तुर तिरेको सक्कलै रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन |
| घर तथा भवनको नक्सा पास | १) ब्यहोरा खुलेकोे निवेदन। २) दुइ प्रति सक्कल नक्सा (स्ट्रकचरल र आर्किटेक्चरल) । ३) हालसालै खिचेको २ प्रति फोटो । ४) नक्सा तयार गर्ने प्राविधिकको गाउँपालिकामा आबद्धता भएको पत्रको प्रतिलिपि। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ६) जग्गा घनि प्रमाण पूर्जा र नागरिकताको प्रतिलिपि। ७) नापी कार्यालयको Blue print, फाइल प्रमाणित नक्सा र Trace नक्सा । ८) भवन निर्माण हुने कित्ताको साँधसँधियारको जग्गा धनि प्रमाण पुर्जा । ९) घर बाटो सिफारिश । १०)बाटो नभएको जग्गामा निर्माण हुने घर वा भवनको लागि सधियारले बाटो दिने व्यहोराको मञ्जुरीनामा ११) चार किल्ला प्रमाणित। १२) भवन निर्माण हुने कित्ताको साँधसँधियारको जग्गाधनिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । १३) गुठीको जग्गा भए सम्बन्धित गुठीको सिफारिश पत्र । १४) नक्सावाला मोही भएमा जग्गा सुरक्षित राखएिको भए सम्बन्धित निकायको मञ्जुरीनामा । १५) वारेसनामाको हकमा वारेसको नेपाली नागरिकताको प्रतिलिपि । १६ घर निर्माण गर्ने निर्माण व्यबसायीको हकमा गाउँपालिकामा सूचिकृत भएको प्रमाण पत्रको प्रतिलिपि । १७) सम्बन्धित वडा कार्यालयको सिफारिश । १९) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। (नोटःगाउँपालिकाले निर्धारण गरेको दाँया बाँया सडकको अधिकार क्षेत्र (Right of Way) को मापदण्ड पालना गर्नु पर्नेछ ।साथै सम्बन्धित प्राविधिक फिल्डमा गएर जाँचबुझ गरेर मात्र नक्सा पाँस गराउनु पर्नेछ ।) |
लाग्ने शुल्क नयाँ निर्माण पक्कि प्रति Square रु.६ , निर्माण भइसकेको पक्कि प्रति Square रु. ३ र नयाँ निर्माण कच्चि प्रति Square रु. ३ लाग्ने समय १५ दिन |
| बनि सकेको घर तथा भवनको तला/मोहडा/ छाना थप सम्बन्धी | १) ब्यहोरा खुलेकोे निवेदन। २) पहिले नक्सा पास भएमा एक प्रति सक्कल नक्सा र प्रतिलिपि (स्ट्रकचरल र आर्किटेक्चरल) । ३) पहिले नक्सा पास नभएमा तर नापि नक्सामा घर वा निर्माण देखिएको अबस्थामा नयाँ सक्कल नक्सा र प्रतिलिपि (स्ट्रकचरल र आर्किटेक्चरल) । ४) हालसालै खिचेको २ प्रति फोटो । ४) नक्सा तयार गर्ने प्राविधिकको गाउँपालिकामा आबद्धता भएको पत्रको प्रतिलिपि। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ६) जग्गा घनि प्रमाण पूर्जा र नागरिकताको प्रतिलिपि। ७) नापी कार्यालयको Blue print, फाइल प्रमाणित नक्सा र Trace नक्सा । ८) भवन निर्माण हुने कित्ताको साँधसँधियारको जग्गा धनि प्रमाण पुर्जा । ९) घर बाटो सिफारिश । १०)बाटो नभएको जग्गामा निर्माण हुने घर वा भवनको लागि सधियारले बाटो दिने व्यहोराको मञ्जुरीनामा । ११) चार किल्ला प्रमाणित। १२) भवन निर्माण हुने कित्ताको साँधसँधियारको जग्गाधनिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । १३) गुठीको जग्गा भए सम्बन्धित गुठीको सिफारिश पत्र । १४) नक्सावाला मोही भएमा जग्गा सुरक्षित राखएिको भए सम्बन्धित निकायको मञ्जुरीनामा । १५) वारेसनामाको हकमा वारेसको नेपाली नागरिकताको प्रतिलिपि । १६ घर निर्माण गर्ने निर्माण व्यबसायीको हकमा गाउँपालिकामा सूचिकृत भएको प्रमाण पत्रको प्रतिलिपि । १७) सम्बन्धित वडा कार्यालयको सिफारिश । १८) बनि सकेको घर तथा भवनको हकमा चारै तर्फ देखिने फोटो । चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। (नोटःगाउँपालिकाले निर्धारण गरेको दाँया बाँया सडकको अधिकार क्षेत्र (Right Of Way)को मापदण्ड पालना गर्नु पर्नेछ ।साथै सम्बन्धित प्राविधिक फिल्डमा गएर जाँचबुझ गरेर मात्र नक्सा पाँस गराउनु पर्नेछ ।) |
लाग्ने शुल्क नयाँ निर्माण पक्कि प्रति Square रु.६ , निर्माण भइसकेको पक्कि प्रति Square रु. ३ र नयाँ निर्माण कच्चि प्रति Square रु. ३ लाग्ने समय १५ दिन |
| घर तथा भवनको सम्पन्न प्रमाण पत्र | १) ब्यहोरा खुलेकोे निवेदन । २) एक प्रति सक्कल नक्सा । ३) नक्सा तयार गर्ने प्राविधिकको गाउँपालिकामा आबद्धता भएको पत्रको प्रतिलिपि। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ५) जग्गा घनि प्रमाण पूर्जा र नागरिकताको प्रतिलिपि। ६) चार किल्ला प्रमाणित। ७) सम्बन्धित वडा कार्यालयको सिफारिश । ८) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। (नोटःगाउँपालिकाले निर्धारण गरेको दाँया बाँया सडकको अधिकार क्षेत्र (Right Of Way) को मापदण्ड पालना गर्नु पर्नेछ ।साथै सम्बन्धित प्राविधिक फिल्डमा गएर जाँचबुझ गरेर मात्र नक्सा पाँस गराउनु पर्नेछ ।) |
लाग्ने शुल्क 1000 लाग्ने समय १५ दिन |
| राहत रकम | १) ब्यहोरा खुलेकोे निवेदन। २) क्षतिको विवरण खुलेको स्थानीय प्रहरी मुचुल्का । ३) नागरिकताको प्रतिलिपि। ४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५) सम्बन्धित वडा कार्यालयको सिफारिश । |
लाग्ने शुल्क गाउँसभाको निर्णय अनुसार लाग्ने समय सोही दिन |
| सहकारी संस्था दर्ता | १) अनुसूची १ बमोजिमकोे निवेदन । २) प्रारम्भिक भेलाको प्रतिलिपि । ३) अन्तिम भेलाको प्रतिलिपि । ४) तदर्थ समितिको पदाधिकारीहरुको नेपाली नागरीकताको प्रमाण–पत्रको प्रतिलिपी । ५) संस्थाको प्रमाणित सक्कल विधान २ प्रति । ६) तदर्थ समितिका पदाधिकारीको चालचलन सम्बन्धी स्थानीय प्रहरी प्रतिवेदन । ७) सहकारी संस्था दर्ता दिग्दर्शन २०७४ ले र्नििर्दष्ट गरेका कागजातहरु । ८) वडा कार्यालयको सिफारिश । |
लाग्ने शुल्क 3000 लाग्ने समय १५ दिन |
| सहकारी संस्थाको विनियम संशोधन | १) ब्यहोरा खुलेकोे संस्थाको पत्र। २) विवरण खुलेको तीन महले फाराम । ३) साधारण सभाको निर्णय प्रतिलिपि । ४) लेखा परिक्षण प्रतिवेदन । ५) सम्बन्धित वडा कार्यालयको सिफारिश । |
लाग्ने शुल्क 3000 लाग्ने समय प्रकृया पुगेमा सोही दिन अन्यथा प्रकृया पुगेको दिन |
| समूह/समिति दर्ता | १) अनुसूची १ बमोजिमकोे निवेदन । २) प्रारम्भिक भेलाको निर्णय प्रतिलिपि । ३) अन्तिम भेलाको निर्णय प्रतिलिपि । ४) तदर्थ समितिको पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि । ५) संस्थाको प्रमाणित विधान सक्कल २ प्रति । ६) सम्बन्धित वडा कार्यालयको सिफारिश । |
लाग्ने शुल्क गाउँसभा (अधिवेशन)को निर्णय अनुसार लाग्ने समय १५ दिन |
| समूह/समिति नविकरण | १) व्यहोरा खुलेको संस्थाको निवेदन । २) समितिको निर्णय प्रतिलिपि । ३) प्रगती प्रतिवेदन । ४) सम्बन्धित वडा कार्यालयको सिफारिश । |
लाग्ने शुल्क गाउँसभा (अधिवेशन)को निर्णय अनुसार लाग्ने समय १५ दिन |
| निर्माण ब्यबसायी “घ” वर्गको इजाजत पत्र १) अनुसूची १ बमोजिमको ढाँचामा ब्यहोरा खुलेकोे निवेदन । | १) अनुसूची १ बमोजिमको ढाँचामा ब्यहोरा खुलेकोे निवेदन । २) उद्योग विभागको दर्ता प्रमाण–पत्र वा घरेलु उद्योगको दर्ता प्रमाण–पत्र । ३) कर चुक्ताको प्रमाण–पत्र । ४) Civil Engneering प्रमाण–पत्र तह उतिर्ण गरेको एक जना प्राविधिक नियूक्ति पत्र । ५) जुनसुकै विषयमा प्रमाण तह उतिर्ण एक जना प्रशासन सहायक । ६) वाणिज्य, अर्थशास्त्र, क्ष्ब् वा सो सरह उतिर्ण एक जना लेखा सहायक गरि पूरा समय काम गर्ने कर्मचारी । ७) ट्रिपर १ थान ८) ट्याक्टर १ थान ९) मिक्सर १ थान १०) Theodolite/Level Mechine १ थान । ११) वाटर पम्म ३ थान १२) भ्याकुलेटर ३ थान १३) उपरोक्त सामाग्री विमा गरेको कागजात र नेपाल इञ्जिनियर परिसरमा दर्ता भएको लागि इञ्जिनियरले प्रमाणित गरेको । १५) सिभिल इञ्जिनियरले जाँचबुझ गरेको प्रतिवेदन । १६) सम्बन्धित वडा कार्यालयको सिफारिश । |
लाग्ने शुल्क 20000 लाग्ने समय १५ दिन |
| “घ” वर्गको निर्माण ब्यबसायी इजाजत पत्र नविकरण | १) अनुसूची १ बमोजिमको ढाँचामा ब्यहोरा खुलेकोे निवेदन । २) दर्ता प्रमाण–पत्र सक्कल र प्रतिलिपि । ३) कर चुक्ताको प्रमाण–पत्र । ४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५) सम्बन्धित वडा कार्यालयको सिफारिश । |
लाग्ने शुल्क 8000 लाग्ने समय सोही दिन |
| भारी उपकरण दर्ता | १)ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रतिलिपि । ३) भारी उपकरणको सवारी दर्ता प्रमाण–पत्रको प्रतिलिपि । ४) भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि । ५)सवारी साधनको कर चुक्ताका प्रमाण–पत्रको प्रतिलिपि । ६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क गाउँसभा (अधिवेशन) को निर्णय अनुसार लाग्ने समय सोही दिन |
| खानेपानी तथा सरसफाई समितिको मूहान दर्ता | १) ब्यहोरा खुलेकोे निवेदन। २) पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ३)उपभोक्ताको प्रारम्भिक भेला, जल उपभोक्ता समूह गठन र निर्णयको प्रतिलिपि। ४) प्रमाणित सक्कल विद्यान २ प्रति। ५) वडा कार्यालयबाट सूचना टाँसको सर्जमिन मुचुल्का । ५) सम्बन्धित वडा कार्यालय सिफारिश । |
लाग्ने शुल्क 2000 लाग्ने समय ४५ सोही दिन |
| खानेपानी तथा सरसफाई समितिको मूहान दर्ता नविकरण | १) ब्यहोरा खुलेकोे निवेदन। २) दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि। ३) समितिको निर्णयको प्रतिलिपि। ४) सम्बन्धित वडा कार्यालय सिफारिश । |
लाग्ने शुल्क 1000 लाग्ने समय सोही दिन |
| घर बहाल कर | १) ब्यहोरा खुलेकोे निवेदन। २्र) घर बहाल सम्झौता पत्र। ३)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५)भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि। |
लाग्ने शुल्क नियमानुसार बुझने रकम को १० प्रतिशत लाग्ने समय सोही दिन |
| विज्ञापन कर | १) ब्यहोरा खुलेकोे निवेदन। २) संस्थाको प्रमाणित कागजात। ३)सम्बन्धित स्थानीयतहमा तिर्नु, बुझाउन पर्ने व्यवसाय र अन्य करकोे प्रमाणित प्रतिलिपि। |
लाग्ने शुल्क गाउँसभा (अधिवेशन) को निर्णय अनुसार लाग्ने समय सोही दिन |
| सम्पत्ती कर भुक्तानी | १) ब्यहोरा खुलेकोे निवेदन। २) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि। ३) निर्माण सम्पन्न भवनको नक्सा प्रतिलिपि । ४) सम्पत्ती कर मुल्याङ्कन फाराम । ५) अघिल्लो आ.ब.कोे मालपोत, भुमि कर, घर कर वा सम्पत्ति कर तिरेको रसिद । |
लाग्ने शुल्क गाउँसभा (अधिवेशन) को निर्णय अनुसार लाग्ने समय सोही दिन |
| भुकम्प पुन निर्माण घर सम्पन्नता प्रमाण पत्र | १) ब्यहोरा खुलेकोे निवेदन। २) आवास पुन निर्माण अनुदान सम्झौता पत्रको प्रतिलिपि । ३) पासपोर्ट साइजको २ प्रति फोटो । ४) अघिल्लो आ.ब.कोे मालपोत, भुमि कर, घर कर वा सम्पत्ति कर तिरेको रसिद । |
लाग्ने शुल्क पक्की घरको रु. ५००।– कच्ची घरको रु. २००।– लाग्ने समय सोही दिन |
| उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका विभिन्न सिफारिश एबं कागजात प्रमाणि | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताकोप्रमाण–पत्रको प्रतिलिपि । ३)विषयसँग सम्बन्धित प्रमाण कागजात। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ५)सम्बन्धित कार्यालय एवंं संघ संस्थाको पत्र। ६)आबश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क सेवाको प्रकृति हेरी गाउँसभाको सातौं अधिवेशनको निर्णय अनुसार लाग्ने समय सोही दिन |
जन प्रतिनिधि
कर्मचारी